चङ्गाकी निर्मात्री रेष्मा तिमिल्सिना भन्छिन्, चङ्गाले घरीघरी हसाउँछ घरीघरी रुवाउँछ

Reshma

पछिल्लो समयमा हास्यप्रधान नेपाली चलचित्रहरुले दर्शकको मन जित्न थालेका छ । यसैक्रममा अर्काे हास्यप्रधान चलचित्र ‘चङ्गा’ को निर्माण भएको छ । यसको निर्माता हुन् रेष्मा तिमिल्सिना । उनी यो चलचित्रको मुख्य पात्र पनि हुन् । प्रस्तुत छ, निर्माता तथा कलाकार तिमल्सिनासँग चलचित्र ‘चङ्गा’ बारे निशान न्युजले गरेको कुराकानी :

चलचित्र चङ्गाको प्रदर्शनी मिति नजिकिँएको छ । कस्तो बनेको छ चलचित्र ?
नेपाली चलचित्र चङ्गा जेठ २५ मा प्रदर्शनीमा आउँदै छ । यसको ट्रेलर सार्वजनिक भइसकेको छ । योसँगै हामीले राम्रोप्रतिक्रिया पनि पाएका छन् । यो एउटा सामाजिक विषय बस्तुसँग केन्द्रित रहेर निर्माण गरिउको चलचित्र भएकाले पनि राम्रो बनेको छ ।

पछिल्ला दिनमा धेरै चलचित्रहरु घाटामा गइरहेको अवस्था छ । ‘चङ्गा’ ले कस्तो व्यापार गर्ला त ?
चलचित्र निर्माता निर्देशकहरु सबैको एउटै चाहना हुन्छ की आफ्नो चलचित्रले राम्रो व्यापार गरोस् भन्ने । हामीले पनि पक्कै पनि चङ्गाले राम्रै व्यापार गर्छ भन्ने अपेक्षा गरेका छौं । किनभने यो चलचित्र एकदम राम्रो पनि बनेको छ । यसमा सबै कलाकारहरुले उत्तिकै मेहनत पनि गर्नु भएको छ । त्यसकारण ‘चङ्गा’ घाटाको व्यापार नगर्ला भन्ने हाम्रो विश्वास हो ।

प्रदर्शनको मिति त नजिक आइसक्यो । प्रचारप्रसार कम भएको जस्तो लाग्दैन ?
पक्कै पनि । हामीले अन्य चलचित्रले जस्तो गरेर हाइफाई गरेका छैनौं । तर पनि हामी विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेका छौं । विभिन्न सञ्चार माध्यम प्रयोग गरेका छौं । हामीले जुन गतिमा प्रचार प्रसार गरेका छौं, त्यो भट्ट हेर्दा कम जस्तो लागे पनि अवस्य पनि दर्शकले हामीलाई माया गरि दिनुहुने छ विश्वासमा छौं ।

चलचित्रमा चर्चित अनुहार नहुँदा दर्शक हलसम्म नआउँलान जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । किनभने पछिल्ला दिनमा टेलिभिजनका पर्दाबाट आएका कलाकारहरुलाई दर्शकले बढी माया गर्दै आउनु भएको छ । ‘चङ्गा’ मा किशोर भण्डारी, जसलाई दर्शकले ‘डिठ्ठा साव’ भनेर चिन्नुहुन्छ । उहाँकै कुसल निर्देशनमा चङ्गा बनेको छ । यसमा बुद्धि तामाङ, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, अंकित खड्का, लक्की भण्डारी, जीवन भट्टराई, प्रेम वर्षा शाह लगायतले सशक्त अभिनय गर्नुभएको छ । ‘चङ्गा’ म आफैं पनि एउटी टुहुरी युवतीले समाजमा कसरी संघर्ष गर्नुपर्छ भन्ने भुमिकामा छु ।

यो कस्तो चलचित्र हो ? किन दर्शक हलसम्म पुग्नुपर्छ ?
यो एउटा सामाजिक विषय बस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र हो । एउटा बच्चा शौचालयमा थुनिएको घटनालाई केन्द्रित गरिएको छ । जसको भुमिकामा लक्की भण्डारी हुनुहुन्छ । अर्काे कुरा हाम्रो युनिटका धेरै कलाकारहरु हास्य विधाबाट आउनु भएको छ । यो एउटा हास्यप्रधान चलचित्र पनि हो । यसले दर्शकलाई पुरै हसाउने नबनाए पनि मलाई लाग्छ घरीघरी हसाउने र घरीघरी रुवाउने काम गर्नेछ ।

अन्त्यमा...
पक्कै पनि दर्शकहरुले एकपटक चङ्गा हेरिदिनुस् । किनकी हामीले तपाईहरुकै लागि भनेर एउटा कोशेली पस्किएका हौं । राम्रो भए साथीहरुलाई चङ्गा राम्रो चलचित्र हो भनेर सुनाई दिनुस् । नराम्रो लागे हामीलाई भनिदिनुस् ।

प्रतिकृया दिनुहोस