विकासका नाममा पर्यावरणमा हानी पुर्याउनु गलतः पूर्व राष्ट्रपति यादव

Rambarn yadab n

काठमाडौं । पूर्व राष्ट्रपति रामवरण यादवले विकासको नाममा तराई र भित्रि मधेसमा पर्यावरणमा हानी नोक्सानी पुर्याउने काम भईरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले फाष्टट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा ठुलो संख्याका रुख कटानी भएकोमा चिन्ता व्यक्ति गर्दै प्राकृतिक सुन्दरताको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्नेमा जोड दिए ।

साहित्यकार एवं संस्कृतिविद् कुलचन्द्र कोइरालाको २५औं स्मृतिसभामा पूर्व राष्ट्रपति यादवले नेपालको भू राजनीति र जातीय विविधताको पर्याप्त जानकारी सहतिको शिक्षा प्रणाली विकास गर्नुपर्ने धारणा राखे ।

भू राजनीति र जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको ज्ञानको कमिले नेपालमा बस्ने सबै नेपाली/नेपालीबीच नै स्थान विशेष र जात जाती विशेषका दृष्टिले द्धेष फैलन सक्ने भन्दै उनले सामाजिक र भौगोलिक विविधताको ज्ञान दिनुपर्ने बताएका हुन् । उनले नेपालको सामाजिक र भौगोलिक विविधता अनुसार व्यवहारिक शिक्षामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा कुलचन्द्र कोइराला राष्ट्रिय पुरस्कार कवि रमेश खकुरेललाई प्रदान गरियो। यो पुरस्कारको राशी २५ हजार नगद रहेको छ । त्यसैगरी शिक्षा क्षेत्रमा योगदान पुर्याएवापत प्राध्यापक डाक्टर सुरेशराज शर्मा, साहित्य तथा समाजसेवामा योगदान पुर्याए वापत पार्थवमणि भट्टराईलाई कोइराला समाजसेवा २०७५ प्रदान गरियो। कार्यक्रममा पुर्व राष्ट्रपति यादवले कुलचन्द्र कोइराला स्मृति ग्रन्थ स्मृति र दृष्टि को लोकार्पण पनि गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...