नाच घरमा गुञ्जिए रामेश, जोस्सिए प्रधानमन्त्री ओली

Ramesh gayan

काठमाडौं । शनिबार सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ मा जन गायक रामेश श्रेष्ठको एकल गायन ‘युगिन आवाज’ थियो ।

करिब तीन घण्टाको बसाईमा आफ्नो एकल साँझमा गायक रामेशले १५ वटा नयाँ पुराना गीतहरु सुनाए । उनले हरेक गीत प्रस्तुत गर्दा त्यो गीतको सृजना पृष्ठभूमि र गीतको महत्व र त्यसले ल्याएको परिवर्तनको चर्चा गरे ।

उनले यसरी गीतसँगै त्यो गीतको उजना र त्यसको भावलाई प्रस्तुत गर्दा कार्यक्रममा दर्शकलाई गीतसँगै गीतिकथा सुनेको महसुस भएको थियो । रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायनले पनि साथ दिए ।

युगिन आबाज एकल साँझमा रामेशले हिमगिरी मण्डित, तिमी देउ तिम्रा हातहरु, मेरो देश खोज्दै जाँदा, ओ जनता महान, ऋतु गीत, आर्यशिल जिन्दगी, ओलाङचुङगोला जस्ता गीत प्रस्तुत गरे । त्यति मात्रै होएन, उनले ‘गाउँ गाउँबाट उठ’ भन्दै हललार्य जुरुक्कै उचाल्ने प्रयास गरे ।

रामेशका गीतले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबैलाई मन्त्रमुग्ध परेका छन् । यतिसम्मकी राष्ट्रिय नाचघरको प्रेक्षालयमा रामेशको कार्यक्रम हेर्न पुगेका दर्शकहरु नअटेपछि हल बाहिर दर्शकलाई प्रत्यक्ष प्रशारण गरिएको थियो ।

रामेशले पाँच दशकभन्दा लामो समयदेखि नेपाली संगीतमा पु¥याएको योगदानको कदर गर्दै सांस्कृतिक संस्थान र सार्थक जनसंगीत प्रतिष्ठानले यो एकल साँझको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले रामेशलाई अभिनन्दन गरे । पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात रघुबीर महासेठ, संस्कृति मन्त्री रबीन्द्र अधिकारी लगायतले रामेशलाई अभिनन्दन गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले ०३० सालताका रामेश, रायनहरुले आफ्ना गीतसँगीत लोकतन्त्रका लागि जनजागरण ल्याएको स्मरण गरे । ‘म जेल पर्दासमेत रामेश, रायनका गीतले एकदिन हामी जित्नेछौं भन्ने आशा जगाउँथ्यो’ उनले भने, ‘नभन्दै आज हामीले जित्यो र अब उहाँहरुको गीतमा भनिएझैं देशलाई समृद्ध बनाउनुछ ।’

प्रतिकृया दिनुहोस