प्रधानमन्त्री कप क्रिकेटमा प्रदेश ७ र एपिएफ विजयी

Apf 7 n

काठमाडौं । शनिबार भएको एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत खेलमा प्रदेश ७ र एपीएफ क्लव विजयी भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपालयको व्यवस्थापनमा कीर्तिपुर मैदानमा भएको खेलमा प्रदेश नम्बर ७ ले प्रदेश ३ लाई २ विकेटले हरायो ।

प्रदेश ३ ले दिएको ११७ रनको कमजोर लक्ष्य पछ्याएको प्रदेश ७ ले लक्ष्य भेट्टाउन ठूलै संघर्ष गर्नुपरेको थियो । प्रदेश ७ ले ३९.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यता मूलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले प्रदेश नम्बर १ लाई ९ विकेटले हरायो । एपीएफको जितपछि प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । चार खेलबाट प्रदेश १ दुई अंक जोड्दै पुछारमा छ । चार अंक बनाएको एपीएफले भने सेमिफाइनल पुग्ने समभावना बलियो बनाएको छ। आर्मीको पनि चार अंक नै छ ।

बर्षाका कारण खेल निर्धारित समय भन्दा एक घण्टा ढिला भएपछि ४५ ओभरमा छोट्याइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश १, ४७ ओभरमा १२७ रनमा अलआउट भयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...