अमेरिकामा नेपथ्य ब्याण्ड

Usan

काठमाडौं । स्थापनाको रजत वर्ष मनाइरहेको नेपथ्य ब्याण्डले अमेरिकाका दुई सहरमा प्रस्तुती दिने तयारी गरेको छ । दक्षिणवर्ती अमेरिकी राज्य टेक्सासको डालास सहर तथा उत्तरपूर्वी कुना बोस्टनमा नेपथ्य घन्कन लागेको हो । अमेरिकाका यी दुवै महत्वपूर्ण सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो ।

यात्राको पहिलो प्रस्तुती जुन ९ तारिखका दिन डालासस्थित ‘द बम फ्याक्ट्री’ कन्सर्ट हलमा हुनेछ।
गैरआवासीय नेपालीहरुको संगठन ‘एनआरएन’का अनुसार अमेरिकामै उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास रहेका सहरको रुपमा डालास र बोस्टन चिनिन्छन् ।

नेपथ्यले सामुहिक रुपमा पहिलोपटक सन् २००४ मा अमेरिकाको यात्रा गरेको थियो । त्यतिबेला ब्याण्डले एरिजोनाको फिनिक्स र राजधानी सहर वासिंगटन डिसीमा कन्सर्ट गरेको थियो । त्यसपछि पनि तीनपटक अमेरिकाको यात्रा गरिसकेको यस ब्याण्डले हालसम्म लस एन्जलस, एटलान्टा, न्यूयोर्क र सानफ्रान्सिस्कोका मञ्चहरुमा आफूलाई उभ्याइसकेको छ । ब्याण्डको यो पाँचौ अमेरिका यात्रा हो ।

ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङ अमेरिकामा प्रस्तुती दिन पाउँदा खुशी लागेको बताउँछन् । उनी भन्छन्, ‘बोस्टन र डालासका नेपाली दाजुभाइ दिदीबहिनीहरुका अगाडि नेपालीपनको नेपथ्य प्रस्तुत गर्ने क्षण हामी उत्साहका साथ प्रतिक्षा गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...