के छ रुपेशको ‘सावधान’मा ? हेर्नुस् भिडियो

Rupesh sabadhan

काठमाडौं । अमेरिकामा बसेर संघर्षरत कलाकार रुपेश उप्रेतीले छोटो चलचित्र ‘सावधान’ सार्वजनिक गरेका छन् ।

आरएचवाईएस प्रोडक्शनको प्रस्तुतीमा निर्माण भएको सामाजिक छोटो चलचित्र ‘साबधान’ हालै सार्वजनिक गरेका हुन् ।

सो चलचित्रमा सुधर अधिकारी, रोशन पौडेल, बालबलाकार निश्चल अधिकारीका सार्थ अतिथि कलाकार पुलिस अफिसर पट्रिक क्वीनले अभिनय गरेका छन् ।

रुपेश उप्रेतीको लेखन निर्देशन रहेको ‘सावधान’को गीत डेविड ढकालले संगीत गरेका छन् । छायांकन तथा सम्पादन योगेन थापा रहेको सावधानको पाश्व आवाज अर्जुनराज भण्डारीले गरेका छन् । सावधानलाई तुलराम अधिकारी निर्माण गरेका हुन् ।

नेपाली चलचित्र ‘चाल’ को निर्देशन गरेका उप्रेतीले दर्जनौ गीतको म्युजिक भिडियो र त्यति नै संख्यामा बनेका टेलिचलचित्रहरुमा अभिनय गरेका छन् । उनले विदेशी भुमिमा बसेर बनाइएको भए पनि ‘सावधान’ राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...