राष्ट्रकवि घिमिरेलाई आज स्वदेश ल्याइँदै

Madhav ghimire

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतमा उपचारपछि शनिबार स्वदेश ल्याइँदैछ ।

नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा स्वस्थ्य भएपछि उनलाई स्वदेश ल्याउन लागिएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन् ।

घिमिरेकी छोरी उषाका अनुसार राष्ट्रकवि शनिबार बिहान १०ः४० बजे नेपाली वायु सेवा निगमको जहाजबाट स्वदेश फर्कनेछन् । राष्ट्रकवि घिमिरेलाई सानो आन्द्राबाट आउने रक्तस्राव नरोकिएपछि उपचारका लागि यही जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार एकाइ (हाइकेयर युनिट) बाट क्याबिनमा सारिएको थियो ।

नयाँदिल्ली जानुअघि उनको वैशाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोली उनको उपचारमा संलग्न थियो ।

घिमिरेका साथमा उनका छोरा इन्दिवर पनि गएका थिए । करीब चार महिनादेखि अस्वस्थ घिमिरेलाई मेडिसिटी र ग्राण्डी अस्पतालमा उपचार गराइएको थियो । सरकारले ९९ वर्षीय घिमिरेको उपचारमा लाग्ने खर्च सबै व्यहोर्ने घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...