यसरी चर्चा चुलिँदैछ ‘डिठ्ठा साब’ की म्याउचीको

Yasoda 1

काठमाडौं । भन्छन्, नपत्याउने खोलाले बगाउँछ । कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार राति प्रसारण हुने टेलिश्रंखला ‘डिठ्ठा साब’ की छुच्ची बुढी अर्थात् म्याउचीले नपत्याउने तरिकाले दर्शकको मन जितिरहेकी छन् ।

पछिल्लो समय निक्कै लोकप्रिय हुँदै गइरहेको टेलिश्रंखला ‘डिठ्ठा साब’ मा दमदार पात्र छुच्ची बुढी अर्थात् म्याउचीले विना प्रशिक्षण गरेको अभिनयले दर्शकको मन जितेको छ ।

करिव ६८ हप्ताअघि अर्थात् डेढ वर्षअघि उनले पहिलोपटक क्यामरामा फेस गरेकी थिइन् । जुनबेला उनी त्यही म्याउचीकै भूमिकामा थिइन् । अहिले फेरि त्यही भूमिकामा दर्शकसामु आइरहेकी छन् ।

समसामयिक विषय वस्तुमा आधारित रहेर निर्माण भइरहेको ‘डिठ्ठा साब’मा किशोर भण्डारी, रेश्मा तिमल्सिना, यशोदा तिमल्सिना लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।

यस्तो छ उनको अनुभव
उनी जुन बेला कमाण्डर पोष्ट दैनिकमा लेखामा काम गर्दै थिइन्, त्यो बेला उनकै दिदी रेश्मा तिमल्सिना ‘डिठ्ठा साब’मा सशक्त भूमिकामा थिइन् ।

त्यहीबेला यसोदाले घरमै दिदीको छोरासँग जिस्किँदै छुच्ची आमाको अभिनय गर्दै थिइन् । त्यसरी केटाकेटीसँग जिस्क्याउँदै गरेको भिडियो रेश्माले सुटुक्क खिचेकी रहिछन् । त्यो भिडियो ‘डिठ्ठा साब’ को हातमा पुग्यो । अनि यसोदाको टेलिश्रंखलातर्फ बाटो मोडियो ।

उनको त्यो क्यारिकेचरले ‘डिठ्ठा साब’ अर्थात् किशोर भण्डारीको मन छोयो । अनी उनी ‘डिठ्ठा साब’मा अनुबन्धित भइन् । जुनबेला उनले क्यामराको अघि परेकै थिइनन् । न त कुनै प्रशिक्षण नै लिएकी थिइन् । ‘सुरुमा त निक्कै डर लाग्यो नि’ उनले निशान न्युजसँग भनिन्, ‘किशोर भण्डारी  र रेश्मा दिदीले निरन्तर प्रेरणा दिइरहेका कारण पछि त सामान्य नै लाग्न थाल्यो ।’

डराइडराई क्यामरासामु परेकी यसोदाका लागि अभिनय सामान्य बन्न थालिसकेको छ । अहिले उनी विना टेक ५/६ मिनेटसम्मको सिन दिन सक्छिन् । उनी त्यसको प्रेरणा ‘डिठ्ठा साब’ र रेश्मालाई दिन्छिन् ।

उनलाई बेलाबखत अन्य टेलिश्रंखलाहरुमा पनि अभिनयको अफर आउँछन् । तर अहिलेसम्म उनी ‘डिठ्ठा साब’मा मात्रै देखिएकी छन् । उनको भोलीको लक्ष्य के हो, भन्न सकिन्न । तर, अहिलेसम्म उनी छोटो समयमै अभिनयको दुनियामा सफल बनेकी छन् । ‘मलाई अहिलेसम्म ‘डिठ्ठा साब’ ले चिनाएको छ’ उनले भनिन्, ‘भोली जे भए पनि म यही दुनियाँमा रमाउन सक्छु भन्ने चाँही छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...