सरकारको विद्यार्थी भर्ना अभियान ‘आंशिक पास’

Ministry education nepal

काठमाडौं । सरकारले निकै तामझामका साथ विद्यार्थी भर्ना अभियान सुरु गर्यो । स्कूल बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने उद्घोषसहित प्रधानमन्त्री, मन्त्री लगायत जनप्रतिनिधिहरुले आफै बालबालिका विद्यालय भर्ना गराए ।

तर, अझै पनि ६० हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफैंले स्वीकार गरेको छ । भर्ना अभियानबाट दुई लाख ५३ हजार ५ सय ५६ बालबालिका विद्यालय पुगेका छन् ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विद्यार्थी भर्ना अभियानको तथ्यांक सार्वजनिक गरेको हो । मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान सफलतापूर्वक सञ्चालन भएको र राष्ट्रिय पाठ्यक्रम प्रारुप पारित भएको दावी गरे ।

शिक्षा विभागको प्रारम्भिक तथ्याङ्कअनुसार विद्यार्थी भर्ना अभियानमा विद्यालय बाहिर रहेका ५ देखि १२ वर्ष उमेर समूहका ३ लाख १३ हजार दुईसय ८९ मध्ये २ लाख ५३ हजार पाँचसय ५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

विभागका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा बाहिर रहेका विद्यार्थी विद्यालय आएका छन् । प्रदेश १ मा ३३ हजार ९९५, प्रदेश २ मा १ लाख ८६४ र प्रदेश ३ मा २६ हजार २७६ विद्यार्थी भर्ना भएका छन् । यस्तै प्रदेश ४ मा ११ हजार ५४५, प्रदेश ५ मा ५३ हजार ५६६, कणार्ली प्रदेशमा १० हजार ८९२ र प्रदेश ७ मा विद्यालय बाहिर रहेका १५ हजार ९६८ विद्यार्थी स्कुल भर्ना भएका छन् ।

त्यसैगरी पारित भएको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ९ र १० मा ५ वटा अनिवार्य र २ वटा ऐच्छिक विषय रहने व्यवस्था गरिएको छ । २ वटा ऐच्छिकमध्ये एउटा पेशा व्यावसायिक विषय रहने व्यवस्था मिलाइएको छ ।

कक्षा ११ र १२ मा नेपाली, अङ्ग्रेजी, सामाजिक अध्ययन र जीवनउपयोगी शिक्षा गरी ४ विषय अनिवार्य र ३ विषय ऐच्छिक रहने व्यवस्था भएको छ ।

मन्त्री पोखरेलले विश्वविद्यालयको उपत्यकामा सञ्चालित कार्यालयहरु असार मसान्तभित्र खारेज गर्न निर्देशन दिइएको पनि प्रगति विवरणमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...