कसको हजार गल्तीलाई माफ दिइन् सञ्चिताले ? हेर्नुस् भिडियो

Sanchita risauda

काठमाडौं । नेपाली सांगीतिक आकासकी तारा बनेकी गायीका अन्जु पन्तको स्वरमा तयार भएको ‘तिम्रा हजार गल्ती’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिजया गुरुङको शब्द र बिनोद पछाईको संगीतमा रहेको गीत ‘तिम्रा हजार गल्ती’ को म्युजिक भिडियोमा संचिता लुइँटेल, जीवन भट्टराई र बालकलाकार गीत पछाईको दमदार अभिनय छ ।

नवनारी मिडियाले आफ्नो युट्युव च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको सो भिडियोमा अन्जु पन्तको स्वरमा सञ्चिता लुँइटेलको अहिलेसम्मकै दमदार अभिनय मानिएको छ ।

श्रीमान श्रीमतीको प्रेम कथामा आधारित यस गीतलाई भिडियो निर्देशन निशान कायस्थले गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस