नेपालले पायो क्रिकेटमा एक दिवसीय मान्यता

Krike safalta

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित ४ राष्ट्रलाई एक दिवसीय टिमको वरियतामा समावेश गरेको छ ।

आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहित नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड्स र युएईलाई एक दिवसीय टिमको बरियता दिएको उल्लेख छ ।

क्रिकेटमा उदाउँदा राष्ट्रका रुपमा चिनिएका देशहरु मध्ये स्कटल्याण्ड र युएइले यसअघि नै आइसीसीको बरियता पाइसकेका थिए ।

आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार गरी उक्त संख्या १६ पु¥याएको छ । नेपालसहित नेदरल्याण्ड, स्कट्ल्याण्ड र युएईले अब खेल्ने एक दिवसीय खेललाई आईसीसीले वरियता निर्धारणका लागि मान्य हुने खेलका रुपमा समावेश गरेको छ ।

आइसीसीले सार्वजनिक गरेको बरियतामा स्कटल्याण्ड २८ अंकसहित १३ औं स्थानमा छ भने १८ अंकसहित युएई १४औं स्थानमा छ । नेदरल्याण्डले १३ अंक पाएको छ भने नेपालसँग भने अंक छैन ।

नेपाल नेदरल्याण्डले आईसीसीको पूरै बरियतामा आउन अनिवार्य ४ खेल खेल्नुपर्नेछ । त्यसपछि मात्रै आईसीसीको बरियतामा घटबढ हुने आईसीसीले जनाएको छ ।

नेपालले सन् २०१८ को फेव्रुअरीमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको शीर्ष तीनमा स्थान पक्का गरेपछि एसोेसिएट राष्ट्रको रुपमा एक दिवसीय मान्यता पाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...