एसएसपी श्याम खत्रीले मिलाउँथे सुन तस्करीको ‘लाईन’

Syam khatrin

काठमाडौ‌ । अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुन तस्करसँगको उनको सम्बन्ध खुलेको हो ।

त्यति बेला रञ्जितकुमार गुप्ताले सिआइबीलाई दिएको बयानअनुसार २०६८ देखि खत्री सुन व्यापारीसँगको संगतमा रहेका थिए। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत रहँदा पनि उनी सुन व्यापारीसँग उठबस गर्थे ।

सिआइबीको प्रतिवेदनअनुसार खत्रीले श्रीमतीका नाममा पाँच वर्षअघि ‘अलंकार इन्टरप्राइज’ नामको सुन पसल दर्ता गराएका थिए । खत्रीले सुन माफियासँग सम्बन्ध बढेपछि नै पसल दर्ता गराएका हुन् तर सञ्चालनमा नल्याई उनले तीन वर्षअघि रवीन्द्र केसीलाई पसल बिक्री गरेका थिए। खत्रीले गुप्तालाई १७ लाख रुपैयाँ ऋण दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...