अन्तर्राष्ट्रिय पहिचान दिन खेल क्षेत्र महत्वपुर्णः राष्ट्रपति

Khelkudn

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहिबार राष्ट्रपति भवन सितल निवासमा राष्ट्रिय खेलकुद परिषद र मातहतका विभिन्न खेलसँग सम्बन्धित संघ, संस्थाहरुले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय जगतमा समेत एकपछि अर्को सफलता प्रात गर्दै गएकोमा खुसी व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले खेलकुद क्षेत्रले मुलुकको राष्ट्रिय एकता र अनुशासनलाई बलियो बनाउने र अन्तराष्ट्रिय क्षेत्रमा पनि राष्ट्रको पहिचान दिन महत्वपूर्ण योगदान दिने पनि स्मरण गराइन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्रपति भण्डारी समक्ष खेलकुद क्षेत्रको वर्तमान अवस्थाको बारेमा पनि बिफ्रिङ गरेका थिए । उनले खेलकुद क्षेत्रको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...