गाउँमा गाडी कुदेको हेर्न आमरण अनशन

Gadi

बैतडी । आफ्नो गाउँमा गाडी आओस् भनेर अनसन बसे भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, बैतडीको दशरथ नगरपालिका १ का ७८ वर्षीय दशरथ सिंह तीन दिनदेखि आमरण अनशनमा बसेका छन् ।

जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि मोटर कुदेको देख्ने रहर छ । उनको एउटा मात्रै माग भनेको गाउँमा गाडी गुडोस् भन्ने हो ।

उनी सोमबारदेखि सरकारसँग सडक सुविधा माग गर्दै आमरण अनशनमा बसेका हुन् ।खेतको गरामा उनी प्लास्टिकको ओतमा अनशन बसेका छन् ।

मंगलबार सरकारले बजेट ल्यायो । तर सिंहको गाउँमा मोटर पुग्ने घोषणा गरेन । ‘सडकको सर्भे भयो । तर मोटर गुड्ने चाँजोपाँजो देखिएन । सरकारले देख्छ कि भनेर अनशन बसेको हुँ,’ सिंहले भने ।

प्रतिकृया दिनुहोस