पानी खान भारतको भर

Khanepani

काठमाडौं । दाङको गढवा गाउँपालिका कोईलाबासका स्थानीयलाई खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्ने बाध्यता छ ।

कोईलाबासबासीका लागि हिँउदको समयमा खानेपानीको स्रोत सुक्ने भएपछि भारतको भरपर्नुपर्ने बाध्यता हुने गरेको हो । 

अहिले कोइलावासमा रहेका कुवा तथा खोलासमेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकाश केसीले बताए । भारतीय सुरक्षा बलले दिएको पानी ल्याउने गरेको उनको भनाइ छ ।

भारतीय सुरक्षाबलले दैनिक बिहान–बेलुका २–३ घण्टामात्र धारा खोलिदिने गरेका छन् । केही समयअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पानी दिने धाराको मोटर बिग्रिएपछि ट्यांकरबाट पानी ल्याएर वितरण गरेको भन्सार प्रमुख केसीले बताए । 

गढवा गाउँपालिका वडा नं का वडाध्यक्ष सद्धाम सिद्दीकीले भारतसँग पानी सहज रूपमा उपलब्ध गराउन समन्वय गरेको बताउँछन् । उनी आँफै पनि साँझ बिहान भारतीय भूमिमै गएर पानी ल्याउने गर्दछन् ।

खानेपानीको यति ठुलो समस्या हुँदा पनि राज्यले ध्यान नदिएको स्थानीयको गुनासो छ ।

खानेपानीका लागि भारतको भर पर्नुपरेपछि कोइलावासमा डिप बोरिङ स्थापना गर्न काम सुरु भएको छ । त्यसका लागि काम अगाडि बढिसकेको वडा अध्यक्ष सिद्धीकीले बताए ।

बोरिङ निर्माणका लागि ५० लाख रुपैयाँ लाग्ने बताइएको छ । अहिले सर्वेको काम भइरहेको र केही समयपछि बोरिङ सम्झौता हुने वडाअध्यक्ष सिद्धिकीले जानकारी दिए । बोरिङ निर्माण भएपछि पानीको समस्या समाधान हुने वडा कार्यालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...