हावाहुरीले मच्चायो विध्वांस, तीन सय घरको छाना उडायो

Hawa hurile udayo

कञ्चनपुर । लगातार आएको हावाहुण्डरीले कञ्चनपुरमा झण्डै ३ सय घरका छाना उडाएको छ ।

ठाउँ ठाउँमा हावाहुरीले विद्युत्का खम्बाहरु ढाल्दा विद्युत् सेवासमेत गए रातिदेखि अवरुद्ध छ ।

घरको छाना उडाएका अधिकांश परिवार आर्थिक रुपमा विपन्न समस्यामा परेका छन् । शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । हावाहुरीले तीन सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । काठको कच्ची घरमा लगाइएका टायल उडाएर हावाहुरीले क्षति गरेको हो ।

आधा दर्जनभन्दा बढी घरमा हावाहुरीले रूख ढाल्दा परिवार नै विस्थापनमा परेका छन् । वडा नं १ का तीन स्थानीयवासीको घरमा रूख ढल्दा पूरै घर भत्केर क्षति भएको वडाध्यक्ष हरिश बिष्टले बताए ।

वडा नं २ का ६० भन्दा बढी घरका छानामा रहेका टायल हावाहुरीले उडाएर क्षति गरेको छ । वडा नं ३ का ४० भन्दा बढी घर र होमस्टे सञ्चालनका लागि बनाएका दुई घरमा क्षति गरेको छ ।

वडा नं १२ का सामुदायिक र निजी गरी दुई विद्यालय भवनमा जस्तापाता उडाएको र ७० भन्दा बढी घरका छानाको टायल उडाएर फुटालेको छ । टायल नपाएर छाना राख्न नपाउँदा अधिकांश स्थानीयवासी चिन्तित भएका छन् । स्थानीय किसानले लगाएको मुँग, सूर्यमुखी खेती, तरकारी खेती, लिची र आँप खेतीमा समेत हावाहुरीले नोक्सानी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...