आफैँलाई गोली हान्ने धर्मगुरु आचार्य जेल चलान

Aacharya jel chalan

विराटनगर । धार्मिक हिंसा मच्चाउने उदेश्यले आफैंमाथि गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् ।

धार्मिक हिंसा भड्काउने उद्देश्यले आफैँले आफैँलाई गोली हान्न लगाएको आरोपमा श्रीनिवासलाई प्रहरीले वैशाख २४ मा काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले वैशाख २५ मा जिल्ला प्रशासन कार्यालय मोरङमा हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

आचार्यलाई कडा सुरक्षाका बीच जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट निकालिएको थियो । झुम्का कारागारमा पुर्पक्षका लागि लगिएको छ ।

श्रीनिवासलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ ‘क’ बमोजिम पूर्पक्षका लागि जेल चलान गरिएको हो ।

आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवन भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैंडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि आचार्य र सो काण्डमा सहयोगीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिप्रका मोरङको इजालसमा भएको थुनछेक बहसमा धर्मगुरु श्रीनिवासको पक्षबाट अधिवक्ता उद्धबचन्द्र घिमिरेले प्रतिरक्षा गर्दै बहस गरेका थिए भने प्रशासनले भने इनक्वारी बयान लिएको थियो ।
जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दाको फैसला भएमा १ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।
बाराको सिमरा–३ घर भई सुनसरीको चकरघट्टी लक्ष्मी बैङकटेशको आश्रममा बस्ने आचार्य २०७१ देखि हिन्दुराज्य स्थापनाका लागि सक्रिय थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...