राणा विरोधी मुक्ति कमाण्डरको बन्यो पूर्णकदको सालिक

Senani salik

धनकुटा । धनकुटामा राणाविरोधी मुक्ति सेनाका धनकुटा कमाण्डरको पुर्ण कदको शालिक निर्माण भएको छ ।

प्रजातान्त्रिक आन्दोलनका सेनानीका रुपमा चिनिएका धनकुटाका दगलसिंह सेन लिम्बुको धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं. ५ डाडाबजारस्थित हात्तिटारको चौविसे उद्यानमा पूर्ण कदको सालिक निर्माण गरिएको हो ।

प्रजातन्त्रका सेनानी स्वर्गीय दलगसिंह सेन लिम्बुका परिवार ७ लाख रुपैयाको लागतमा पुर्णकदको शालिक निर्माण गरेका हुन् । चौविसे उद्यानलाई भने शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ३ वर्षका लागि प्रत्येक वर्ष साँढे २ लाखको दरले सहयोग गर्दै आएको छ ।

लिम्बु ००७ को क्रान्तिमा राणाविरोधी मुक्ति सेनाको धनकुटा कमाण्डर थिए । उनी २०१५ को आम निर्वाचनमा धनकुटाबाट सांसदमा विजयी भएका थिए ।

लिम्बुको सो पूर्णकदको शालिक १ नं. प्रदेशका प्रमुख डा. गोविन्द सुब्बाले मंगलबार अनावरण गरे । प्रमुख सुब्बाले स्वर्गीय सेनानी लिम्बुका छोरा जनकसिंह सेन लिम्बुद्धारा सम्पादित ‘दगलसिंह सेन एक प्रतिभा अनेक’ स्मृति संगालो पुस्तकको समेत विमोचन गरे ।

सो कार्यक्रममा कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदम्बे, जिल्ला सभापति अग्नीप्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, सचिव विजय सन्तोषी राईल प्रजातन्त्रका सेनानीहरु डम्वरजंग जवेगु, गोविन्द्र थापा, चक्रबहादुर बुडाथोकी, प्रेमसिंह सेन लिम्बु, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्य दुर्गा सुवेदी, जिल्ला सदस्यहरु कमोठ फागो, हर्क चेम्जोङ, नेपालधन राई, क्षेत्रीय सभापति जितेन्द्र राई, पाँचथर क्षेत्र नं. २ का सभापति नगेन्द्र लामा, नेविसंघका केन्द्रिय सदस्य ममता राई, जिल्ला उपाध्यक्ष टेकबहादुर कुँवर, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले प्रजातान्त्रिक आन्दोलनका सेनानी लिम्बुले प्रजातन्त्रका लागि दिएको योगदानको चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस