एभरेष्ट म्याराथन सेनाका भिम बहादुरले जिते

Everest marathaon


काठमाडौं । नेपाली सेनाका भिमबहादुर गुरुङले ‘तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८’ को उपाधि जितेका छन्।

सगरमाथा आधार शिबिरबाट शुरु भइ नाम्चेबजारमा समापन भएको विश्वकै अग्लो उचाइमा आयोजना गरिने तेन्जिंग हिलारी एभरेष्ट म्याराथन २०१८ मा सन् २०१५ को संस्करणको बिजेता रहिसकेका गुरुङले साविक बिजेता सुमन कुलुंगलाइ झन्डै ४ मिनेटले पछि पारे। गुरुङले ४२.१९५ किलोमिटरको दौड ४ घण्टा २ मिनेट ३० सेकेन्डमा दौड पुरा गरे भने उक्त दौड पुरा गर्न कुलुंगले ४ घण्टा ६ मिनेट १० सेकेन्ड लगाए।

त्यस्तै २०१६ संस्करणका बिजेता बेद सुनुवारले ४ घण्टा २८ मिनेट ३५ सेकेन्डको समय सहित तेस्रो स्थान हात पारे । पुरस्कारको राशि क्रमश रु २ लाख, रु १ लाख र रु ७५,००० रहेको छ।

म्याराथन सगरमाथा शिबिरबाट शुरु भइ गोरक्षेप, लोबुचे, डोक्ला, दिन्गबोचे र तेंगबोचे हुँदै नाम्चेबजारमा समापन भएको थियो। प्रतियोगितामा ३१ देशका १३९ बिदेशी सहित झन्डै २०० धावकहरुको सहभागिता रहेको थियो ।

त्यस्तै महिला तर्फको स्पर्धामा पुर्णिमा राइ बिजयी भइन्। ५ घण्टा २० मिनेट ५६ सेकेण्डमा दौड पुरा गरेकी पुर्णिमाले निरकला राइ प्रथम भईन् ।
बिदेशीतर्फको स्पर्धा भने जर्मनीका म्यानुयल सेएरले हात पारे। म्यानुयलले ५ घण्टा ५९ मिनेट २९ सेकेन्डमा दौड पुरा गरे ।

त्यसैगरि ६० किलोमिटर लामो एभरेष्ट अल्ट्रा दौडको उपाधि तिर्थ तामांगले हात पारे। तिर्थले ६ घण्टा ५६ मिनेट १३ सेकेन्डमा दौड पुरा गरेर उपाधि हात पारे ।
हाफ म्याराथनको उपाधि भने न्युजल्याण्डका जेडन क्लिनाकले हात पारे। २१ किलोमिटर लामो दौड उनले २ घण्टा ५९ मिनेट ३५ सेकेण्डमा पुरा गरे।

सगरमाथा प्रथम आरोहणको दिन पारेर हिमालय एक्सपीडीसन्सले बिगत १५ बर्ष देखि म्याराथनको आयोजना गर्दैआइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...