यस्ता छन् अर्थमन्त्रीका योजना र बजेट

Dr khatioda 15

काठमाडौं । शिक्षाा विज्ञान प्रविधि क्षेत्रमा १ खर्ब ३४ अर्ब बिनियोजन गरिउको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्दै यो वर्षको बजेट सार्वजनिक गरिरहेका टन् । उनले मानवीय विकास सूचका‌क भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजाको व्यवस्था गर्ने बताएका छन् ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने भएको छ । मानवीय विकास सूचका‌क भन्दा कमजोर रहेको जिल्लामा ५ कक्षासम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

२ वर्षभरीमा साक्षर नेपाल घोषणा गरिने भएको छ भने विश्वविद्यालय अनुदानमा १४ अर्ब विनियोजन गरेको छ ।

खतिवडाले महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट विनियोजन गरेको बताएका छन् । उनलृे प्रत्येक प्रदेशमा १ जेष्ठ नागरिक आरोग्य आश्रम स्थापना गरिने बताएका छन् ।

त्यसैगरी ७० वर्षभन्दा माथिका १ लाखसम्मको स्वास्थ्य विमा गरिने, सामाजिक सुरक्षामा रहेका कुनै पनि व्यक्तिले दोहोरो सुविधा नपाउने व्यवस्था गरिने, सातैवटा प्रदेशमा नमुना कृषि फार्म बनाइने, सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ ।

त्यसैगरी साना किसान सहकारीबाट किसानले लिएको सबै ऋण मिनाहा गरिने, कुखुरा किसानलाई उत्पादनको आधारमा अनुदान दिइने, २६ जिल्लाका गरिब परिवारलाई आगामी वर्ष परिचयपत्र दिने र बाँकीलाई २ वर्षभित्र दिने भएको छ ।

२ वर्षभित्र जग्गाधनीपूर्जा विद्युतीय बनाइने भएको छ भने इजाजत लिएर मात्र घर जग्गा खरिद बिक्री गर्न पाइने भएको छ । भू उपयोग सम्बन्धी कानुन संसदको यसै अधिवेशनमा पेश गरिने भएको छ । प्रदेश सरकारसँग समन्वय गरी प्रत्येक प्रदेशमा जैविक विषादी प्रयोगशाला स्थापना हुने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...