मुकेसकी आमा भन्छिन्, ‘मुकेश उठ, यि हेर त यो के हो ?’

Mukesh kayasth

बनेपा । ‘मुकेश उठ, यि हेर त यो के हो ?’ बोल त बाबु, तिमी बोल्नुपर्छ । मुकेशका आमा वुवा मुकेशले बोल्छ की भन्ने आसमा यसरी नै बोलिरहेका हुन्छन् ।

मुकेशकी आमा मीरा कायस्थ मुकेशलाई स्याहार गर्ने क्रममा छोराले बोल्छ की भनेर सधैं यसरी नै बोलिरहेकी हुन्छिन् । तर, मुकेशको बोली अहिलेसम्म आउको छैन ।

आमा मीरा र बुबा कृष्णमानले बनेपा नगरपालिका–८ चैतन्य रोड छेउको घरमा रहेको दोस्रो तल्लामा मुकेशलाई यसरी नै स्याहार्दै आएको करीब १२ वर्ष भइसक्यो ।

बर्षेनी सरकारले गणतनत्र दिवस पनि मनाइरहेको छ । वर्षमा एक दिन मुकेशलाई स्मरण पनि गर्छ । अरु बेला भने मुकेश वेवास्थाका पात्र बन्छन् ।

१२ वर्षपछि मुख चलाई सामान्य आवाज निकाल्ने र बोलाउँदा केही खेलौना दिँदा समात्ने सम्म गरेका छन् । उनले अझै अरु प्रतिक्रिया दिन सक्ने भउकाम छैनन् । खाना खुवाउने, लगाएको लुगा र ओछ्यानको कपडा फेर्नुपर्ने, सरसफाइ गर्नुपर्ने लगायतका काम आमा बुवाले नै गनुैपर्छ ।

के भएको थियो घटना ?
२०६२/०६३ को आन्दोलन उत्कर्षमा पुग्दै गर्दा २०६२ चैत २७ गते बनेपामा प्रहरीले गोली चलाएको थियो । प्रहरकिो गोली लागेर मुकेश अचेत भएका थिए । गोली लागेको कञ्चटको घाउको खत ठूलै देखिन्छ ।

चैत २६ मा काभ्रेपलाञ्चोकका भीमसेन दाहाल पोखरामा सुरक्षाकर्मीको गोलीबाट मारिएका थिए । पोखरामा दाहाल मारिएपछि काभ्रेली थप आन्दोलित भएका थिए । आक्रोसित आन्दोलनकारीको भीडमा थिए मुकेश पनि । भीडमा गोली सुरक्षाकर्मीको वर्षिदा मुकेशको कञ्चटमा गोली लाग्यो । उनी घाइते भए ।

सोही दिनदेखि उनी अझैसम्म पनि ओछ्यानमा नै छन् । जुनबेला उनी १५ वर्षका मात्रै थिए । उनी अहिले २७ वर्षको भए । तर यतिका लामो समय उनले आफ्नो पीडा पोखन पाएका छैनन् ।

घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनलाई अहिले अलि गाह्रो अवस्थामा अस्पतालसम्म लानेबाहेक सम्पूर्ण समय घरमा नै उपचार र स्याहारसुसार भइरहेको छ ।

पहिलेको भन्दा थोरै मात्रामा सुधार भएको छ । तर पनि उनी आफैँले त केही गर्न सक्दैन । सबै वुवा आमाले नै गर्नुपर्छ । उनी पहिलाको अवस्थाभन्दा चनाखोपन, बोल्दाखेरी छिटो प्रतिक्रिया जनाउन खोज्ने चाँही गर्छन् ।

अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर भनिरहेको भन्दै उनका परिवारले सरकारले मन्त्रिपरिषदबाट जिउँदो शहीद घोषणा गर्नुपर्ने बताउँदै आएका छन् ।

‘अहिलेसम्म मुखले मात्रै जिउँदो शहीद भनेर घोषणा गरेको छ, औपचारिक रुपमा नै क्याबिनेटबाट घोषणा गर्नुप¥यो नि, खै त अहिलेसम्म गरेको ?’ प्रश्न गर्दै मीराले भनिन्, ‘सरकारले क्याबिनेटबाट नै जिउँदो शहीद किन घोषणा गर्न सकिएन ?’

मुकेशका लागि गृह मन्त्रालयबाट शतप्रतिशत घाइते भनेर परिचयपत्र मात्रै दिएको मीराले बताइन् । उनले सरकारले झन्झन् जनआन्दोलनलाई बिर्सिरहेको र त्यसमा योगदान पु¥याउनेको कदर उचित ढंगले नभएको गुनासो गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...