अन्तर्राष्ट्रिय सोतो कराँतेको उपाधी आयोजक एपीएफको पोल्टामा

Apf photo n

काठमाडौं । आयोजक एपीएफ क्लबले प्रथम एपीएफ अन्तर्राष्ट्रिय सोतो कराँते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ ।

एपीएफले ९ स्वर्ण, ४ रजत र ६ काँस्य हात पादै समग्रमा १९ पदकका सात टिम च्याम्पियनको उपाधि जितेको हो । नेपाल आर्मीले दोश्रो स्थान हात पार्दा ४ स्वर्ण,४ रजत र ५ काँस्य जित्न सफल भयो। तेश्रो स्थान हात पारेको प्रदेश १ ले २ स्वर्ण २ रजत र ५ काँस्य जितेको थियो ।

प्रतियोगितामा एपीएफका बिजय लामाले पुरुषतर्फको उत्कृष्ट खेलाडीको उपाधि जिते । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । एपीएफकै सुजन श्रेष्ठले पुरुषतर्फको उदयमान खेलाडीको उपाधि हात पारे। उनले ५५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

महिलातर्फ प्रदेश ३ की एरिका गुरुङ उत्कृष्ट खेलाडी चुनिईन् । उनले ६८ केजी माथीको तौल समूहमा स्वर्ण जितेकी थिईन् । महिलातर्फ उदयमान खेलाडीको उपाधि एपीएफकी सपना लामाले जितिन् । उनले ६१ केजी तौल समूहमा स्वर्ण जितेकी थिईन्। चारै जना बेष्ट खेलाडीले समान १० हजार नगद प्राप्त गरे ।

शसस्त्र प्रहरी बल एपीएफ र नेशनल सोतो कराँते डो एशोसियसनको आयोजनामा संचालन भएको प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान, जापान र नेपालका सात प्रदेश तथा तीन बिभागीयका टोलीको सहभागिता थियो ।

महिलातर्फ ८ स्वर्ण तथा पुरुषतर्फ ९ स्वर्णका लागि भएको प्रतियोगितामा हरेक स्पर्धाका स्वर्ण बिजेताले नगद १० हजार, रजत बिजेताले ५ हजार र कास्य बिजेताले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...