यसवर्ष मुल्यवृद्धि ६ प्रतिशत हुने

Mantri khateuda images

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै मुल्य वृद्धि ६ प्रतिशत रहने प्रक्षेपण गरेका छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिदर ५ दशमलव ८३ प्रतिशत रहने बताए ।

चालू आवको ८ महिनाको तथ्याङ्कलाई हेरेर निर्माण गरिएको उक्त सवेक्षण अनुसार ६० लाख भन्दा बढी गरिवीको रेखामुनि रहेको जानकारी दिँदै उनले कुल ग्राहस्थ उत्पादन (जिडिपी)को १५ प्रतिशतले बचत रहेको बताए । मूल्य बृद्धिमा चाप पर्न थालेको बताउँदैसरकारी खर्च बढेर बजेट घाटा बढ्न थालेको उनले संसदमा बताए ।

प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजार स्थिर रहेको र सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैकिङ क्षेत्रका कम्पनीले ओगटेको बताए । बैंक तथा वित्तीय संस्थाको कर्जाको बृद्धिदरको तुलनामा निक्षेपको बृद्धिदर कम रहेको भन्दै लगानी योग्य रकम कम रहेको बताए। उनले  बैंकमा निक्षेप २४ खर्ब पुगेको र कर्जा २२ खर्ब पुगेको संसदमा जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले राजस्व बृद्धिदर बढेपनि सरकारी खर्च बढेको कारण बजेट सन्तुलित हुन नसकेको जानकारी दिए । गत आवमा मा ३७ संस्थानमध्ये २६ संस्थान नाफामा गएको जानकारी समेत अर्थमन्त्रीले दिए ।

शोधानन्तर स्थिती घाटा रहेको भन्दै अर्थमन्त्री खतिवडाले बिदेशी सन्चितीले १० महिनाको आयात धान्न सक्ने अवस्था रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...