चलचित्रकमीद्वारा वाग्मती प्रदूषित हुनुमा मुख्य कारण सरकार र महानगर नै रहेको आरोप

बस्ती रोक्न नसक्दा वाग्मती

काठमाडौँ । चलचित्रकर्मीले सरकार र महानगरको गैरजिम्मेवारीले वाग्मती प्रदूषित बन्दै गएको आरोप लगाएका छन् ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र चलचित्र निर्देशक समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘चलचित्रमा वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्रकर्मीले नगरपालिकाले घरको नक्सा पास सेफ्टी ट्यांकी नभएकाको पनि गरिदिने र सरकारले आँखा चिम्लेर समर्थन गर्नाले वाग्मती प्रदूषित बन्दै गएको बताएका हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले वाग्मती किनारको जग्गा बेचेर खानेमा नापी कार्यालय र पशुपतिका विभिन्न गुठीका कर्मचारीको हात रहेको बताए ।

अधिकार सम्पन्न वाग्मतीले शिक्षा र सूचनामा बजेट खर्च नगर्दा पनि नदी स्वच्छ बनाउने काम हुन नसकेको खरेलको भनाइ थियो । चलचित्र निर्देशक मोहन निरौलाले वाग्मती प्रदूषित गर्नमा पहिलो जिम्मेवार सरकार त्यसपछि नगरपालिका रहेको आरोप लगाए ।

नदी अतिक्रमणमा नेता र प्रशासक दुवै संलग्न भएको निर्देशक निरौलाको भनाइ थियो । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक नवल खड्का लगायतले नगरपालिकाले घरको नक्सा पास गर्दा ढल कहाँ हाल्ने भन्ने ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...