एकदिवसीय अन्तराष्ट्रिय मान्यतासँगै नेपालको पहिलो खेल नेदरल्याण्डसँग

Nepal netharland

काठमाडौं । एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि नेपालले आफ्नो पहिलो एक दिवसीय अन्तराष्ट्रिय खेल नेदरल्याण्ड्सविरुद्ध खेल्ने भएको छ।

अगष्ट १ र ३ तारिखमा नेपालले दुईवटा एकदिवसीय अन्तराष्ट्रिय खेल नेदरल्याण्ड्सविरुद्ध खेल्न लागेको हो। नेदरल्याण्ड्सका प्रशिक्षक रयान क्याम्पबेललाई उदृत गर्दै क्रिकबजले यो खबर सार्वजनिक गरेको छ।

नेदरल्याण्ड्सको कुन मैदानमा खेल हुन्छ भन्ने चाहीँ अहिले सार्वजनिक गरिएको छैन्। नेपाल र नेदरल्याण्ड्सले जुलाई २९ मा लर्डसमा एसीसीसँग टी(२० सीरिज पनि खेल्दैछन्। उक्त सीरिज लगत्तै यी देशबीच एक दिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो।

नेपालले मार्चमा विश्वकप छनोटमा अन्तिम पटक नेदरल्याण्ड्सको सामना गरेको थियो। सातौं स्थानको प्लेअफका लागि भएको उक्त खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४५ रनले पराजित गरेको थियो।

त्यसको दुईदिन अघि पीएनजीलाई पराजित गर्दै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएको थियो। नेदरल्याण्ड्सले पनि विश्वकप छनोटपछि नै एकदिवसीय मान्यता पाएको हो। यद्दपी उसले गत डिसेम्बरमा नै विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि उचाल्दै एकदिवसीय मान्यता सुनिश्चित गरिसकेको थियो। तर, आइसीसीले उसलाई विश्वकप छनोट पछि मात्रै एक दिवसीय मान्यता दिएको हो।

च्याम्पियनसिपको चौथो चरणमा नेपालले अन्तिम पटक २०१६ को अगष्टमा नेदरल्याण्ड्सको भम्रण गरेको थियो। नेपाललाई पहिलो एक दिवसीय खेलका लागि नेदरल्याण्ड्समा निम्त्याउन पाउँदा आफूहरुलाई निकै खुशी लागेको नेदरल्याण्ड्सका प्रशिक्षक रयान क्याम्पबेलले बताएका छन्।

नेपाल उत्साहित टोली भएको र सन्दीप लामिछानेले आइपीएलमा विश्वस्तरिय प्रदर्शन गरेको उनले बताएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...