आइपीएल : चेन्नाई सातौं पटक फाइनलमा

Duplicasy

काठमाडौं । मंगलबार भएको इण्डियन्स प्रिमियर लिग(आइपीएल)मा पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपरकिंग्स फाइनलमा प्रवेश गरेको छ ।

आइपीएलको फाइनलमा प्रवेश गरेको आइपीएल यो सातौं पटक हो। यसअघि चेन्नाई २००८,१०,११,१२,१३ र १५ को सिजनमा फाइनलमा प्रवेश गरेको थियो। चेन्नाईले २०१० र २०११ मा आइपीएल उपाधि पनि जितेको छ।

फाफ डुप्लिसिसले ६७ रनको नटआउट पारी खेल्दै चेन्नाईलाई सातौं पटक फाइनलमा पुर्याए। १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा धरमराएको चेन्नाईका लागि छक्का प्रहार गर्दै डुपलिसिसले विजयी रन बटुलेका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको सनराइजर्सले निर्धारित २० ओभरमा कार्लोस ब्रेथवेको ४३ रनको मदतमा १ सय ३९ रन बनाएको थियो। लक्ष्य पछ्याएको चेन्नाईले सुरुवाती ६ विकेट ६२ रनमै गुमाएपनि ४२ बल खेल्दै ५ चौका र ४ छक्का सहितको एकल प्रदर्शनको मदतमा डुप्लेसिसले टोलीलाई फाइनलमा पुर्याए।

प्रतिकृया दिनुहोस