साढे ३३ किलो सुन प्रकरण २८ जना जेल चलान, दुई जना छुटे

33gold

 विराटनगर । सनम शाक्य हत्या तथा सुन काण्डमा संगठित अपराधको अभियोग लागेका २८ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला अदालतमा जारी थुनछेक बहसपछि पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।

न्ययाधीश नारायण प्रसाद शर्माको ईजलाशले एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाडेको हो ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा पुर्पुक्षका लागि थुनामा जानेमा प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला, डीएसपी प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल छन् ।

यस्तै ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु पनि पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु एमके भनिने मोहनकुमार अग्रवाल, भुजुङ गुरुङ, महावीर गोल्यान, राजेन्द्रमान शाक्य पनि जेल चलान भएका छन् । सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमारलार्इ पनि मुद्दाको पुर्पुक्षका लागि जेल चलान गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध निवारण ऐनसहित कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् ।उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ ।

सुन तस्करीसँगै जोडिएको हुण्डी कारोबारमा संलग्न भनिएका थप २ जनालाई पनि प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...