लागु औषध नियन्त्रणको माग राख्दै वडा कार्यालयमा तालाबन्दी

Kanchanpur

कञ्चनपुर । गाउँमा अवैध मदिरा, जुवातास र लागु औषध नियन्त्रणको माग राख्दै महिला समुहले कञ्चनपुरको एक वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ वडा कार्यालयमा स्थानीय महिला समुहले तालाबन्दी गरेका हुन् ।

मंगलबार तिलाचौरका स्थानीय आमा महिला समुहले तालाबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ । आफुहरुले पटक पटक मदिरा तथा जुवातास बन्द गर्न सरोकार वाला निकाय संग माग राख्दा पनि मदिरा तथा जुवातास बन्द हुनुको सट्टा उल्टै मदिरा पसलेहरु बाट अपमानीत हुनु परेको ले बाध्य भएर वडा कार्यालयमा ताला लगाउनु परेको र माग पुरा नहुन्जेल ताला नखोल्ने आमा समुहकी सदस्य लक्ष्मिी खडायतले बताएकी छन् ।साथै उहाँले रक्सि सेवनकै कारण मानीसहरुको अकालमै ज्यान गएर वालवालीकाहरु टुहुरा समेत भएका र विद्यार्थीहरुले समेत पढाई बाट वन्चित हुनु परेको बताइन ।

यसै गरी आमा समुह तिलाचौरकी सदस्य गिता धानुकले स्थानीय सरकार गठन भएको झण्डै बर्षदिन वितीसक्दा पनि गाँउमा अवैध मदिराको उत्पादन, कारोबार, अनियन्त्रित सेवनका कारण अपराध बढ्दै गएकाले मदिरा नियन्त्रणका लागि वडा सरकारलाई दवाव दिन तालाबन्दी गरेको बताइन । उनका अनुसार अवैध मदिरा, जुवातास र लागु औषध नियन्त्रण गर्नका लागि वडा सरकार उदाशिन देखिएका कारण बाध्य भएर स्थानीय महिला आन्दोलित भएका हुन् ।

स्थानीय महिलाले मदिरा, जुवातास एव लागु औषधका कारण सबैभन्दा बढि असर महिलामा पुगेको गुनासो पोखेका छन् । सार्वजनिक क्षेत्रमा धुम्रपान, मदिरा सेवनका साथै जुवातास खेल्ने प्रवृतिका कारण बालबालिकामा समेत प्रत्यक्ष असर परेको स्थानीय महिलाको भनाई छ । मदिरा सेवन गर्नेहरुलाई समेत कार्बाही नभएका कारण गाँउमा राती निर्वाध रुपमा हिडडुल गर्न समेत समस्या भएको चिन्ता व्यक्त गरेका छन् ।

भीमदत्त नगरपालिका–८ का वडाध्यक्ष ध्वज बहादुर विष्टले अवैध मदिरा नियन्त्रण र सार्वजनिक स्थानमा जुवातास नखेल्न वडा कार्यालयबाट पटक पटक सुचना आब्हान गरेपनि स्थानीयले खेल्ने र मदिरा सेवन गर्ने गरेको बताए ।

लागु औषध नियन्त्रणका लागि आफुले वडामा छुट्टै विभाग माग गरेको बताउदै वडाध्यक्ष विष्टले अवैध रुपमा मदिरा बिक्रि गर्ने सेवन गर्नेलाई कार्बाही गर्न नसकिएको स्वीकार गर्नुभयो । तालाबन्दीका कारण कामकाज ठप्प भएको वडाध्यक्ष विष्टले बताए ।

स्थानीय महिलाले गाउँमा शान्ति सुरक्षा कायम गर्नका लागि गती गरिदिन समेत प्रहरीसंग माग गरेका छन् । मदिरा सेवनकर्ता, जुवातास खेल्नका कारण गाउँमा अपराध बढ्दै गएकाले वडा सरकारबाट कुनै पहल नभएकाले प्रहरीले यस्ता विषयमा विषेश ध्यान दिनुपर्ने स्थानीय महिलाको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...