राष्ट्रिय एकता र अखण्डता सरकारको पहिलो प्राथमिकता : राष्ट्रपति

Bd bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय एकता, अखण्डता र शान्ति सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

सार्वभौम सत्ता सम्पन्न जनताले छानेका जनप्रतिनिधिले नै अशान्ति र हिंसा फैलाउने दृष्य देखाउनु दुर्भाग्य भएको बताउँदै सम्बोधनका क्रममा राष्ट्रपतिले भनेकी छन् ‘हाम्रो सभ्यता, भाषा, संस्कृतिको विकास राष्टनिर्माणाको यथार्थ र सामाजिक सम्पति हुन् । द्धेष फैलाउनेलाई असफल पार्नुपर्छ ।’
संघ प्रदेश र स्थानीय तहका सवै एउटै भुगोल, भाषा र साझा संयन्त्र भएको उनले स्मरण गराएकी छन् ।

राष्ट्रपतिद्धारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सामाजिक सद्भावको बाटोबाट राष्ट्रिय एकता मजबुत पार्नुपर्छ, त्यसविपरितका काम सरकारले स्वीकार्दैन ।’ राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगाडी भनेकी छन् ‘राष्ट्रिय स्वभिमानको पछाडी लामो इतिहास छ । छिमेकी मित्रको सम्वन्धमा असल सम्बन्ध चाहन्छौ । हाम्रो अन्तराष्ट्रिय सम्बन्ध संकीर्ण होइन, मानवजातीले विश्वसम्बन्धमा आधारित संयुक्त पञ्चशील, दुइपक्षीय सन्तुलित हुनेछ ।’

राष्ट्रपति भण्डारीले सम्बोधनका क्रममा सम्बृद्धि सँधै मृगतृष्णा नरहने बताएकी छन् ।

राष्ट्रपतिद्धारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा अगाडी भनिएको छ, ‘समृद्धि सँधै मृगतृष्णा रहदैन, शान्ति र स्थायित्वलाई सरकारले प्राथमिकतामा राख्नेछ । सरकारले लोकप्रीयताका लागि नभई जनताका काम गरेर लोकप्रियता हासिल गर्नेछ । वर्तमान पुस्ताले नै विकासको अनुभुति गर्नेगरी सरकारले योजना अघि सारेको छ ।’

एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...