आइपीएलमा सन्दीपले लिए एकै ओभरमा दुई ठूला विकेट

Sandeep lamichhane

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले मुम्बई इन्डियन्सविरुद्ध एकै ओभरमा २ ठूला विकेट लिदै सनसनी मच्चाएका छन्। दशौं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले वेष्ट इण्डिजका किरण पोलार्डलाई पहिलो र चौथो बलमा क्रुनाल पाण्डेलाई पवेलिएन फर्काएका छन्।

७ रनमा खेलिरहेका पोलार्डलाई सन्दीपले ट्रेन्ट बोल्टको हातबाट क्याच गराएका थिए भने ४ रनमा खेलिरहेका पाण्ड्यालाई राहुल टुवासियाको हातबाट क्याच गराएका थिए। यसअघि पहिलो ओभरमै सन्दीपले सुर्यकुमार यादवको विकेट लिएका थिए।

दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्स विरुद्ध जारी खेलमा पहिलो ओभरमै सन्दीपलाई बलिङ दिएको थियो।

पहिलो ओभरमै सन्दीपले सुर्यकुमार यादवलाई पवेलिएन फर्काएका हुन्। १२ रनमा खेलिरहेका यादवलाई सन्दीपले चौथो बलमा विजय शंकरको हातबाट क्याच गएका थिए।

त्यसअघि सन्दीपको पहिलो बलमै चौका हिर्काएका यादवले दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा २ रन लिएका उनलाई चौथो बलमा पवेलिएन फर्काउँदै सन्दीपले बदला लिए।

योसँगै सन्दीपले आइपीएलमा पाँच विकेट लिएका छन्। यसअघि अघिल्ला दुई खेलमा बैंग्लोर र चेन्नाईविरुद्ध उनले १–१ विकेट लिइसकेका छन्।

चेन्नइविरुद्ध दिल्लीलाई जित दिलाउन किफायती बलिङ गरेपछि उनले १ लाख भारुसहितको मोस्ट स्टाइलिस प्लेयरको अवार्ड पनि हात पारेका थिए।

 

 

प्रतिकृया दिनुहोस