उद्यपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

Threestar

काठमाडौं । पाँचौ उद्यपुर गोल्डकपको उपाधि थ्रीस्टारले उचालेको छ । फाइनलमा थ्रीस्टारले मनाङलाई १–० गोलअन्तरले पराजित गर्यो। योे उपाधिसँगै रुस्लान थ्रीस्टार क्लबले वर्षको दोस्रो उपाधि जितेको हो।

यसअघि बैशाख दोस्रो हप्ता इलाममा भएको म्याइभ्याली गोल्डकपमा पनि थ्रीस्टारले मनाङलाई यही अन्तरले पराजित गर्दै वर्षको पहिलो उपाधि जितेको थियो। म्याइभ्याली पछि मनाङले बैशाख अन्त्यमा दमक गोल्डकपको फाइनल खेलेको थियो।

प्रतियोगिताको फाइनलमा मनाङ पुलिससँग १–० गोलअन्तरले पराजित भएको थियो भने शनिबार लगातार तेस्रो फाइनलमा मनाङ चुकेको छ। १९औं मिनेटमा सुमन बलको पासमा विदेशी खेलाडी अजयी मार्टिनले थ्रीस्टारका लागि निर्णायक गोल गरेका थिए।

प्रतियोगिताको विजेताले थ्रीस्टारले ५ लाख तथा उपविजेता मनाङले ३ लाख हात पारेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...