बाहुबलीका हिरो प्रभासले श्रद्धासँग ‘साहो’ मा धुम मच्चाउँदै

Prabhas shraddha

काठमाडौं । बाहुबली सिरिजका कारण निकै चर्चामा रहेका सुपरस्टार भएका प्रभासको नयाँ फिल्म ‘साहो’को चर्चा निर्माण सुरु भएदेखि नै चलेको छ ।

महँगो लगानीको साहोले बक्स अफिसमा धुम मच्चाउने पक्का भएको अनुमान गरिएको छ । त्यसकारण पनि साहोका निर्माता, निर्देशकले फिल्मको कथा, लुक्स सबै कुरा गोप्य राखेका छन् ।

तर, हालै साहोको सुटिङ सेटबाट प्रभासका दुईवटा तस्बिर लिक भएका छन् । ती फोटामा प्रभासले बाइक चलाइरहेको देखिन्छ ।

दुबईमा सुटिङ भइरहेको साहोको एउटा विशेष सिनको फोटो बाहिर आएको हो । भारतीय मिडियाका अनुसार फिल्मको सो दृश्यमा प्रभास कसैको पिछा गर्दै दुबईका चर्चित स्थानहरूमा पुग्छन् ।

साहोमा प्रभासको जोडीका रूपमा बलिउड अभिनेत्री श्रद्धा कपुरले अभिनय गरेकी छिन् । साहोका निर्माता, निर्देशक सुटिङका क्रममा फिल्मका कुनै पनि दृश्य, पात्र बाहिर नल्याउने पक्षमा थिए ।

प्रतिकृया दिनुहोस