खेल चलिरहँदा स्टेडियममा बम विस्फोट, ८ को मृत्यु ४५ बढी घाइते

Bisfot stadium

काठमाडौं ।अफगानिस्तानको पूर्वी नान्ग्रहर प्रान्तको राजधानी जलालावाद शहरको क्रिकेट स्टेडियममा शुक्रबार राति बम विस्फोट हुँदा ८ जनाको मृत्यु हुनुका साथै ४५ बढी घाइते भएका छन्।

सो राज्यका प्रवक्ता आतुल्लाह खोग्यानीले जलालावाद शहरको क्रिकेट स्टेडियममा स्थानिय खेल चलिरहदा उक्त बम विस्फोट गराइएको जनाएका छन्। पवित्र रामदान महिनामा खेलाडीहरु र समर्थकहरु राति हुने क्रिकेट खेलका जम्मा भएको अवस्थामा उक्त विस्फोट भएको थियो। उनका अनुसार राति साढे ११ बजे सो विस्फोट भउको हो ।

स्टेडियममा एकपछि अर्को गर्दै ३ बम विस्फोट भएका थिए। घटनापछि अफगानिस्तानका राष्ट्रपनि अस्राफ घानीले एक विज्ञप्ति जारी गर्दै विस्फोटको कडा भत्र्सना गरेका छन्।

घटनाको थप विवरण आउन बाँकी छ भने अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएका छैनन्। एजेन्सी

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...