कान्तिपुर हाफ म्याराथनको उपाधि हरि र कान्छिमायाको पोल्टामा

Oli marathoon

काठमाडौँ । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको उपाधि हरि रिमाल र कान्छिमाया कोजूले जितेका छन् । पुरुष तर्फको उपाधि नेपाली सेनाका रिमालले जितेका हुन् भने महिला तर्फ सशस्त्र प्रहरीकी कोजूले जितिन् । दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाएका छन् ।

महिला तर्फ दोस्रो सन्तोसी श्रेष्ठ भइन् भने तेस्रो आर्मीकी बृन्दा श्रेष्ठ भइन्। यस्तै पुरुष तर्फ दोस्रो होमलाल श्रेष्ठ भए भने गजेन्द्र राई तेस्रो बने । ह्विलचियर तर्फको विजेता रामबहादुर तामाङ भए भने दोस्रो प्रेम विक भए ।

उपविजेताले ३०–३० हजार र तेस्रोले २०–२० हजार पाउने छन् । चौथोले १०–१० हजार, पाँचौंले ५–५ हजार र छैटौं हुनेले ३–३ हजार प्राप्त गर्नेछन् । कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट दौड सुरु भएको थियो। त्यसपछि माइतीघर, नयाँ बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर यसै रुटमा फर्केर थापाथलीमै प्रतिस्पर्धा टुंगिएको थियो  ।

कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट प्रधानमन्त्रीले म्याराथन कार्यक्रमको उद्घाटन गरेपछि खेल सुरु भएको हो । म्याराथनमा प्रधानमन्त्री केपी ओली पनि दौडिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...