पारस खड्का उत्कृष्ट खेलाडी, महिलामा सोभा गौचन

Pulsarsprotsaward

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा राजधानीमा सम्पन्न पल्सर स्पोट्र्स अवार्ड २०७४ मा पारस खड्काले पुरुष तर्फको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

महिलातर्फ शोभा गौचनले उत्कृष्ट खेलाडीको अवार्ड हात पारिन् । वर्षको उत्कृष्ट यूवा खेलाडीको अवार्ड क्रिकेटका सन्दीप लामिछानेले जिते । प्रशिक्षकमा क्रिकेटकै जगत टमाट्टा चुनिए ।

क्रिकेटले चार विधामा अवार्ड जितेको छ ।

समर्थकको मतको आधारमा चुनिने पिल्पुल्स च्वाइस अवार्ड टेबल टेनिसका स्यान्टु श्रेष्ठले जिते । उनले कुल ४१.५१ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा भलिबलका मानबहादुर श्रेष्ठ (२१।६५), सन्दीप लामिछाने (१५।०१), किरण चेम्जोङ (१३।३२) र प्रतिमा शेर्पा रहे ।

विशेष अवार्ड क्रिकेटर करण केसीले डिभिजन २ मा क्यानाडा विरुद्ध खेलेको इनिङ्सको लागि पाए । पारा-एथलिट अवार्ड व्हिलचेयर क्रिकेट र बास्केटबलका खेलाडी हिमाल अर्यालले प्राप्त गरे । लाईफटाइम अचिभमेन्ट अवार्ड फुटबलका पूर्व खेलाडी एवं प्रशिक्षक अशोक केसीले पाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...