धनकुटाको निशान भगवती मन्दिरमा बुधबारदेखि ९ दिनसम्म कलश यात्रा

Nishandebi

धनकुटा । धनकुटा बजारको मुटुमा रहेको निशान भगवती मन्दिरमा बुधबारदेखि ९ दिनसम्म आयोजना हुने श्री मददेवी भागवतनवाह महायज्ञको पहिलो दिन कलश यात्रा निकालिएको छ ।

धनकुटा बजारमा सदियौंदेखि रहेको शक्ति रुपेण निशन भगवती मन्दिरमा पहिलो पटक श्री वरख गण सल्लेरी व्यारेकको संयोजनमा श्रीमद देवी भागवतनवाह महायज्ञ सम्पन्न हुन लागेको हो । कलश यात्रामा हजारौंले सहभागिता जनाएका थिए ।

महायज्ञ आयोजना स्थल निशान भगवती मन्दिरदेखी सुरु गरिएको कलश यात्रा धनकुटा बजारको पचियमोड, हुलाकटोल, मदनचोक, नर्वदेश्वर शिवालय, बसपार्क हुँदै टुँडिखेल, तल्लो कोप्चे, विहिबारे हटिया, माथिल्लो कोप्चे, भिम नारायणचोक, सिरानबजार, बिचबजार हुँदै पुनःनिशान भगवती मन्दिरमा आएर टुङ्गिएको थियो ।

नवाह महायज्ञ उद्धघाटन एवं कलश यात्रामा परमादरणीय नेपाल राष्ट्रका प्रथम जगत गुरु अनन्तश्री विभूषित श्री बाल सन्तमोहन शरणम देवाचार्य विद्धान पण्डित श्री दिनबन्धु पोख्रेल, नेपाली सेनाको का.मु.प्रधान सेनापती रथि पुर्णचन्द्र थापा, प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङलगायत सुरक्षा निकायका प्रमुखहरु, महायज्ञ मुल समारोह समितिका संयोजक नारायण जोशी, सदस्य सचिव एवं प्रचार९प्रसार विभाग प्रमुख जनार्दन घिमिरे लगायत हजारौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।

महायज्ञ आगामी जेष्ठ १० गतेसम्म संचालन हुनेछ । कलस यात्रामा विशेष गरेर धनकुटा बजारका नेवारी सुमदायका हाक्कु पटासी लगाएका दिदि बहिनीहरु, पुरुष दाजुभाईहरु धिमे बाजा सहित सहभागी भएका थिए । साथमा, नेपाली सेना श्रीवरख गण सल्लेरी व्यारेकको एउटा टुकुडी सहित वेण्ड बाजामा सहभागी रहेको थियो ।

नेपाली सेनाले निशान मन्दिर भित्रको जंङ्गीनिशान, श्रीजंङ्ग गणको निशान र इन्द्रध्वोज गणको निशान पनि कलस यात्रामा निकालेको थियो । यसै अवसरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको समेत कलस यात्रामा छुट्टा छुट्टै सहभागिता रहेको थियो । पण्डित श्री दिनबन्धु पोख्रेलको वाचकत्वमा हुने पाठ पारयण ‘नवाह महायज्ञ’ मार्फत निशन भगवती मन्दिरको लागी अचलकोष निर्माण गरिने भएको छ ।

यस कोष रकमबाट प्राप्त हुने ब्याजबाट निशान भगवती मन्दिरमा अखण्ड दीप प्रज्वलन प्रारम्भ, सन्ध्या आरती संचालन र आन्तरिक पुर्वाधार स्तर उन्नती समेतको पवित्र कार्य संचालन गर्ने उदेश्यले श्रीमद् देवी भागवत पूराण “नवाह महायज्ञ” आयोजना गरिएको मुल समारोह समितिका सदस्य सचिव एवं प्रचार समितिका संयोजक जनार्दन घिमिरेले जानकारी गराएका छन् ।

साथै, उनले राष्ट्र निर्माणको गौरबमय इतिहास धनकुटाका भुमि पुत्र आठपहरिया जातिको नामकरण, लिम्बुवानी राजाजंङ्गदेवानसिंह समेतको गौरवमय इतिहाँस जोडिएको निशान भगवती मन्दिरको प्रचार प्रसारको लागी नवाह महायज्ञ अनुष्ठानको आयोजना गरिएको बताएका छन् । नौ दिनसम्म संचालन हुने महायज्ञमा श्रीमदभागवतनवाह महायज्ञ मुल समारोह समितिको आयोजनामा व्याबस्थापन हुने संयोजक नारायण जोशिले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...