एटलेटिकोले जित्यो युरोप लिग

Yourop

लियोन । एन्टोन ग्रिजमनको दुई गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार राति मार्सेलाई ३–० ले हराउँदै युरोपालिग जितेको छ ।

पछिल्लो ९ वर्षमा एटलेटिकोले युरोपा लिग जितेको यो तेस्रो अवसर हो।ग्रिजमनले २१ र ४९ औँ मिनेटमा गोल गरे। कप्तान ग्याबीले खेल सकिन एक मिनेट अगाडि तेस्रो गोल थपे। एटलेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपालिग जितेको थियो।

एटलेटिको युरोपेली क्लब फुटबलमा पछिल्लो समय प्रमुख शक्तिका रूपमा रहेको छ। स्पेनी ला लिगामा बार्सिलोना र रियल म्याड्रिडका वर्चश्व तोडेर सन् २०१३–१४ को लिग जितेको एटलेटिको प्रदर्शन नियमित रूपमा उत्कृष्ट रहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...