सभामुख कपको उपाधी पुलिसको पोल्टामा

Apf

रोल्पा । रोल्पामा भएको प्रथम सभामुख कप भलिबल प्रतियोगिताको उपाधी पुलीस क्लवले चुमेको छ । महिला तर्फ भने सशस्त्र प्रहरी विजयी भएको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको हो । नेपाल आर्मी क्लबको एक सेटका विरुद्ध नेपाल पुलिस क्लब तीन सेट जितेर विजयी भएको हो । तेस्रो स्थानका लागि मंगलबार भएको एपीएफ क्लब र ४ नम्बर प्रदेशबीचको प्रतिस्पर्धामा ४ नम्बर प्रदेश विजयी भएको थियो ।

योसँगै रोल्पामा सम्पन्न प्रथम सभामुख क्लब भलिबलमा नेपाल पुलिस क्लब प्रथम, त्रिभुवन आर्मी क्लब द्धितीय र ४ नम्बर प्रदेशले तृतीय स्थान हासिल गरेका छन् ।

यसैगरी, महिलातर्फ एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच भएको फाइनल खेलमा एपीएफ क्लब विजयी भएको छ । तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र ५ नम्बर प्रदेशबीच भएको प्रतिस्पर्धामा नेपाल आर्मी क्लब विजयी भएको थियो । महिलातर्फ एपीएफ क्लब प्रथम, नेपाल पुलिस क्लब द्धितीय र त्रिभुवन आर्मी क्लब तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने टिमलाई क्रमशः नगद रु तीन लाख, दुई लाख र एक लाख, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिता सभामुख कृष्णबहादुर महराले गत वैशाख २९ गते उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस