सारिकाको मनको कुनामा बस्ने थापा को हुन ? (भिडियो सहित)

Capture11

काठमाडौं । म्युजिक भिडियोमा जमेकी मोडल सारिका के.सी.को मनको कुनामा अर्का मोडल रमेश थापाले बास पाएका छन् । थापाले यस्तो बास वास्तविक रपमै नभएर हालै सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा पाएका हुन् ।

शिरबन्दी डिजिटलले बजार व्यवस्थापन गरेको लोक तथा दोहोरी गीत मेरो मनको कुनामा भित्र जमुना गैरे र विशाल पाख्रिनको संयुक्त शब्द र स्वर समेत रहेको छ भने गीतमा लय सिम्रन मोक्तान तामाङको रहेको छ । करण चैसीरको छायाँकनमा कपिल लामाले निर्देशन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।

तीन दर्शनको हाराहारीमा म्युजिक भिडियोहरुमा आफ्नो कला कौशल देखाई सकेका मोडल रमेश थापाले यस गीतले आफ्नो परिचय अझ स्थापित गर्न सहयोग पुर्याउने विस्वास ब्यक्त गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...