७९ वर्षीया वृद्धा वलात्कारका आरोपी पुर्पक्षका लागि थुनामा

Rape 4

पर्वत । गत वैशाख ६ गते भएको ७९ वर्षीया वृद्धा बलात्कार घटनाका आरोपीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले आरोपी मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ ।

परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

बलात्कार अभियोगमा पक्राउ परेका परियारले आफूले मदिराको नशामा रहेको समयमा बलात्कार गरेको प्रहरीसँग स्वीकार गरेका थिए । बलात्कृत बृद्धा मुख बोल्न नसक्ने अपाङ्ग हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...