भाग्यमानी ति आमाबाउ र छोरा, जो कालको मुखवाट फर्के

Acc. puthyan

प्युठान । सवैजना निदाएका थियौ । एक्कासी बसभीत्र कोलाहल मच्चीयो । यात्रुहरु बत्ती मर्यो मर्यो भन्दै एक स्वरमा चिच्याउन थाले । स्टार्ट पनि बन्द भयो । सवैलाई  अत्याउने गरि वस बाटो छोडेर भीर तिर धसारियो । मान्छेहरु बस गयो भनेर कराए । सवैको होसचेत गुम्यो ।

सानो बच्चा सहित म र मेरो परिवार अगाडिको सिटमा थियौ ।  बस त पल्टिसकेछ । हामी त भुईमा खसिसकेछौ । अगाडिको ठूलो सिसाबाट पाखा लागेछौँ । हामी कता गयौँ, त्यो पनि थाहा भएन । कोही सिट मुनी थिए । कोहि सामानले च्यापीएका । भीरमै तितरबितर । छटपटिरहेका थिए अरु घाईतेहरु । उनीहरु  बचाउ बचाउ भन्दै पानी मात्र मागिरहेको सुनिन्थ्यो ।  त्यो रातको समय दुर्घटनास्थलमा पानी खुवाउने कोही थिएन । तर केहि गर्न सकिएन । आफु मात्र कसरी बाँच्ने भन्ने भयो । ध्यान जती सवैे दुधे छोरा र श्रीमती माथी खनियो । बालकलाई च्यापेकी थिईन् भवानीले । आमाको काखमा खेलिरहेका बच्चा पनि भीरमा बजारिएका थिए ।  पछाडि म होसमा आएँ । परिवारलाइ बोलाएँ । म यहाँ छु भन्ने आवाज दिईन् । उनले  फेरी सोधे बाबु खोर्ई परिवारबाट थाहा छैन भन्ने जवाफ आयो ।  चिटचिट पसिना छुटयो  ।  वावुलाई खोज्न लागेँ ।  सशस्त्रका एकजना जागिरे पनि बिदामा  घर जान लागेका रहेछन् । उनी पनि त्यहि दुर्घटनामा परेका । उनले सानो बच्चा छ, ल आउनुस् यता भनेपछि बच्चा बोकेर निस्किएँ । जँगलबाट  सकिनसकी म माथि बाटामा  उक्लिएँ ।

अनुहार रक्ताम्य, टाउकोबाट रगत चुहिईरहेको छ । निला दागैदागले भरिएको शरिर । मन बेहोस छ । अर्धचेत छन् उनी ।  थरथर काँपिरहेको जिउ ।  लरवरिएको बोली  । काखमा चार महिने छोरो । अनि त्यो रातमा श्रीमती कहाँ छ ? अहँ, थाहापत्तो छैन । उनि रहेछन् बाँसकोट गाउँपालिका ४ रुकुम घर भएका ३९ बर्षिया शसीराम जैशी । निकैबेर सम्म बच्चा समाएर बाटोमा बसिरहेको थिएँ । म  बच्चाको आमा खोजिरहेको थिए । छिटो ल्याईदिनुहोस, बच्चालाई दुध खुवाउँछु भनेर गुहारिरहेका हुन्थे ।  उनी भीर मुनी नै थिइन् । प्रहरी आएपछि उद्धार भयो । एम्वुलेन्समा राखेर उपचारका लागि  बुटवल पठाईयो । जैशी भन्छन ःअहिले त्यो घटना सम्झँदा मरेको मान्छे बाँचे जस्तो लाग्छ ।

नेपाल प्रहरीका जागिरे, बहालवाला असई । ललितपुर भैसेपाटी स्थित चौकीमा कार्यरत रहेछन्  शसी ।   श्रीमती भवानी बिरामी थिईन् । त्यसैले उपचारपछि रुकुमबाट प्यूठानको चिदिखोला स्थित ससुरालका लागि साईत गरेँ । भालुवाङबाट बस चढेँ । केही दिन ससुरालीमा  बसेर फर्कने सोच थियो । ससुराली पुग्नै लाग्दा  वडडाँडामा वस दुर्घटना भयो । शसीले भने  फेरी त्यहि बाटो अस्पतालमा फर्कीनुपर्यो  ।

महेन्द्रनगरबाट प्यूठान सदरमुकाम तर्फ जाँदै गरेको महाकाली यातायातको बस दुर्घटना हुदा ५ जनाले ज्यान गुमाए । २० जनाको हाराहारीमा घाइते भऐ । तर यी बाउआमा र छोरा कालको मुखबाट जोगिए ।

अहिले शसी, उनकी श्रीमती भवानी जैसी र चार महिने छोरा प्रभास दहाल अस्पतालमा उपचारत छन् । बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उनीहरुलाई  भर्ना गरिएको छ । बच्चा होसमा छैन । एकोहोरो हेरिरहने, डराउने र काँप्ने गरिरहेका छन् । आईसियुमा राखेर उनको उपचार भैरहेको छ । चिकित्सकले बच्चाको अवस्था सिरियस छ भनेका छन् । अस्पताल श्रोतलाई उद्धत गर्दै टेलिफोनमा  शसीले भने  अहिले म ठिक छु । टाउकोमा चोट लागेको थियो । हात भाँचिएको थियो । चिकित्सकले शल्यक्रिया गरि भ्याएका छन् ।  परिवारको दायाँ हात तीन चार ठाउँबाट भाँचिएको छ । ढाडको छेउको हड्डी भाँचिएको छ । टाउकोमा चोट छ । त्यसैले उनलाई पनि चिकित्सकले लामो समय आराम गर्ने सल्लाह दिएका छन् । सुरुमा लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गर्दा त समितिका मान्छेहरु पनि आए । उनीहरुकै सल्लाहले अर्को अस्पतालमा लगियो । त्यसपछि कोही फर्केर आएका छैनन् । फोन पनि गरेका छैनन् । दिदि भिनाजु र  भान्जाको कुरुवा बसेका श्रीधर पछाई भन्छन् । समितीका कोहि पनि सम्पर्कमा आएनन् ।

(२०७५ बैशाख ३० गते प्यूठान बडडाडामा भएको बस दुर्घटनाका घाईतेसँगको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस