बादी समुदायको जीवनशैली फेरिँदै

Badi s

अछाम । साँफेबगर नगरपालिकामा बसोवास गर्दैआएका बादी समुदायको जीवनशैली फेरिँदै गएको छ ।

सुल्पा, मादललगायत सामग्री बनाएर गाउँ/गाउँ गएर बेचेर तथा नाचगान गरेर जीविकोपार्जन गर्दे आएका बादीले अहिले आफ्नो पेशा परिवर्तन गरेका छन् । साँफेबगर नगरपालिका–४ मष्टामाण्डौँको बूढीगंगा नदीको किनारमा बसोवास गर्दे आएका उनीहरुले अहिले व्यापार र कुखुरापालन गर्दैआएका छन् ।

वडाले बादीका दुई परिवारलाई आयआर्जनका लागि रु ५०/५० हजार सहयोग गरेको छ । मिठ्ठु बादीले पसल सञ्चालन गर्नुभएको छ भने शान्ता बादी कुखुरापालनका लागि खोर व्यवस्थापनमा लागेकी छन् । बादी समुदायले नाचेर, मागेर खानुपर्छ, अरु व्यवसाय गर्न हुन्न भन्ने सोचको अन्त्य गर्न आफूले खुद्रा व्यापार शुरु गरेको रमेश बादीले बताए ।

‘पहिलेको जस्तो मागेर खाने अवस्था छैन,’ उनले भने, ‘पहिलेको जस्तो बिक्री हुदैँन, जीवन धान्न व्यापार शुरु गरेको छु ।’ यस्तै शान्ता बादी कुखुरापालन गर्न खोर बनाउन थालेकी छन् । नगरपालिकाबाट सहयोग प्राप्त भएपछि उनी निकै खुशी छन् ।

शान्ताको श्रीमान् बित्नु भएको सात वर्ष भयो । ‘श्रीमान् हुँदा जेनतेन गुजारा हुन्थ्यो । उहाँ बितेपछि निकै समस्या भयो । पैसा नहुँदा केही गर्न सकिएन, अब मागेर खाने जमाना गयो,’ उनले भने, ‘खेतीपाती गर्नलाई जमिन छैन ।’

जीविकोपार्जन र आयआर्जनका लागि सहयोग उपलब्ध गराएको साँफेबगर नगरपालिका–४ का वडाअध्यक्ष बालगिरी कुँवरले बताए । बादी समुदायको जीवनस्तर उकास्न सहयोग गरेका हौँ’ उनले भने ।

बादी समुदायको दुई परिवार सॉफेबगर नगरपालिका–४ मष्टामाण्डौँमा बसोवास गर्दैआएको छ । सरकारको जनता आवासीय कार्यक्रम अन्तर्गत शहरी विकासले २ लाख २५ हजारमा घर निमार्ण गरेपछि उनीहरुलाई ठूलो राहत मिलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...