जनकपुरधामको पर्खाल हुरीले भत्कायो

Janaki temple damage 1

जनकपुरधाम । सोमबार बिहान आएको हावाहुरीले जानकी मन्दिरको बाहिरी पर्खाल भत्काएको छ । तीव्र गतिमा आएको हुरीले मन्दिर परिसरमा पूर्वतर्फ लगाइएको पर्खाल भत्काएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार भएको जनकपुर भ्रमणमा उनको स्वागतका लागि पर्खालमा ठूलाठूला फ्लेक्सहरु लगाइएका थिए ।

 भारतीय प्रधानमन्त्रीको भ्रमणका लागि गतसाता मात्रै मन्दिरको चारैतिर सरसफाइ गरी पर्खालहरुमा केसरीया रंगले रंगाइएको थियो । पर्खाल भत्किँदा मन्दिरसँगै रहेको बगैंचाका बोटबिरुवाहरु पनि भाँच्चिएका छन् ।

पुरानो भइसकेको पर्खालमा ठुलाठुला फ्लेक्स बाँधिएकाले राति आएको हुरीले भार थाम्न नसक्दा भत्किएको मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस