‘शत्रु गते’को टिम अर्को चलचित्र स्क्रिप्टको तयारीमा

Kiran kc

काठमाडौँ । नेपाली चलचित्र ‘शत्रु गते’ निर्माण टिमले अर्को चलचित्र निर्माणको स्क्रिप्ट तयारीमा जुटेको छ । गत शनिबार १५ दिन मनाएको ‘शत्रु गते’ चलचित्र देश तथा विदेशमा रहेका दर्शकको मन जित्न सफल भएको थियो ।

‘शत्रु गतेका निर्माता किरण केसीले भने केही रिसर्च गनुपर्ने भएकाले केही समय लाग्ने बताएका छन् । उनले भने ‘सम्भवत मेरो जन्मदिन पारेर असारमा चलचित्रको नाम र निर्माणको घोषणा गर्ने छौँ ।’

चलचित्रको निर्माता आफै रहेका किरण केसीले निर्देशक र कलकारहरु दोहारिने वा नदोहारिने भने खुलाएका छैनन् । चलचित्र  ‘शत्रु गते’ लाई प्रदीप भट्टराइले निर्देशन गरेका थिए । 

प्रतिकृया दिनुहोस