ऐतिहासिक उपलब्धि पाउनबाट एक गोलले चुक्यो बार्सिलोना

Barcilona nd chalsia

काठमाडौं । चार खेल अगाबै स्पेनिस ला लिगाको यस सिजनको उपाघिमा कब्जा जमाउन सफल बार्सिलोना एक ऐतिहासिक उपलब्धि हात पार्नबाट चुकेको छ ।

आइतबारको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको लेभान्टेसँग ५–४ अन्तरले पराजित भएपछि अपराजित हुँदै ला लिगाको उपाधि हात पार्ने एक मात्र टोलीको कीर्तिमान कायम गर्ने ऐतिहासिक अवसरबाट बार्सिलोना बञ्चित हुन पुगेको हो ।

हालसम्म कुनै टोलीले त्यो कीर्तिमान काम गर्न सकेको छैन । ला लिगा यस सिजनको ३६ औं खेलसम्म अपराजित रहेको बार्सिलोना ३७ औं खेलमा पराजित भइ दुर्लभ कीर्तिमान कायम गर्न असफल भयो । अब बार्सिलोनाले एक खेल मात्रै खेल्न बाँकी छ ।

लेभान्टेको घरेलु मैदानमा भएको खेलमा लेभान्टेका इमानुअल बोइटेङले ह्याट्रिक गरे । उनले खेलको ९, ३० र ४९ मिनेटमा गोल गरेका हुन् । लेभान्टेका लागि इनिस बाध्रीले ४६ औ र ५६ औं मिनेटमा गोल गरे ।

बार्सिलानाका लागि पनि कोटिन्होले ह्याट्रिक गरे । उनले ३८ औं ५९ औ र ६४ औं मिनेटमा गोल गरे भने सुआरेजले ७१ औं मिनेटमा पेनाल्टीमार्फत गोले गरे । मेसी भने यस खेलमा सहभागी थिएनन् ।

ला लिगाको यस सिजनमा २७ खेलमा जित र ९ खेलमा बराबरी गरेको बार्सिलोना एक खेलमा पराजित भएको हो । गत सिजन र यस सिजन गरी ला लिगाको ४३ औं खेलसम्म बार्सिलोना अपराजित थियो ।

युरोपियन च्याम्पियन लिगको क्वाटर फाइनलबाट बाहिरिएको बार्सिलोनाले यस सिजनमा अर्काे घरेलु लिग कोपा डेल रेको उपाधि पनि हात पारिसकेको छ ।

प्रतिकृया दिनुहोस