आमन्त्रण टेबल टेनिस प्रतियोगिता शुुरु

Abb

पोखरा । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद सागमा टेबलटेनिसबाट पदकको आशा लिइएको जानकारी दिए ।

कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए ।

प्रतियोगितामा आठ जिल्लाका कनिष्ठ तथा वरिष्ठ महिला २५ र पुरुष २२ खेलाडीको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र दिइने कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...