अन्तर्राष्ट्रिय पदक विजेतालाई कराते डो संघको सम्मान

Badoriyo karateko trophi

काठमाडौं । नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।

जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य पदक विजेता पुरुषोत्तम पोखरेलसँगै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका स्वर्णधारी चित्रप्रसाद श्रेष्ठ, एलोन श्रेष्ठ, कुइसाङ लामा, मिङमार लामा, सुस्मिता वाइबा, साजन दोङ, सागर चौलागाईं, नवराज पुरी, युवराज पुरी र रमिता माझी तथा रजत पदक विजेता सुजन मल्ललाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगितामा नेपाल १० स्वर्ण र १ रजतसाथ टिम उपविजेता भएको थियो । सो अवसरमा नेपाली टोलीका व्यवस्थापक नेत्रबहादुर भुजेल पनि सम्मानित भए । खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरेका थिए ।

खेलाडी सम्मान कार्यक्रममा संघको आयोजनामा यही वैशाखको अन्तिमबाट तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने जानकारी गराइयो ।

प्रतियोगितामा ९ देशका खेलाडी सहभागी हुने निश्चित भइसकेको नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए । काठमाडौंका बसुन्धारामा यही वैशाख ३० र ३१ गते हुने ४ सय ९५ खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस