कुमाल समुदायको परम्परागत लोक संस्कृति लोप हुँदै

Kumal 26

पाल्पा । कुमाल समुदायको परम्परागत मौलिक लोक संस्कृति लोप हुँदै गएको छ ।

दशैँ तिहार, माघे संक्रान्तिजस्ता पर्वमा देखाइने सोरठी, कृष्णचरित्र, झ्याउरे, पाङदुरेलगायतका विभिन्न लोक संस्कृति लोप हुँदै गएपछि अहिले गाउँमा देखाउनै छाडिएको पाल्पा रामपुर नगरपालिका–६ तिलकपुर बस्ने ७५ वर्षीय गंगाराम कुमाल बताउँछन् ।

पुरानो लोक संस्कृति नयाँ पुस्ताले अवलम्बन नगर्दा समुदायबाटै लोप हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । ‘अहिलेका युवाले पुरानो संस्कृति सिक्न खोज्दैनन् पुराना गीत गाउने र नाच्ने व्यक्ति मरेर गएपछि संस्कृति पनि हराउन पुग्यो’उनले भने ।

रामपुर नगरपालिका–६ को तिलकपुर क्षेत्रमा करीब २२५ घरपरिवार कुमाल समुदायको बसोबास छ । तर यहाँका कुमाल समुदायका नयाँ पुस्तालाई अहिले लोक कला संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

अबको पाँच वर्षभित्रमा नगरपालिका र वडा कार्यालयसँग विभिन्न कार्यक्रम माग गरेर कुमाल समुदायको लोक संस्कृति संरक्षणको काम गर्ने रामपुर नगरपालिका–६ का वडा सदस्य तथा स्थानीयवासी लोकमाया कुमालले बताए । उनले आफैँलाई कुमाल संस्कृतिबारे कुनै पनि ज्ञान छैन ।

‘गाउँमा म सानो छँदा नै बुबा आमाले गीत गाउने, नाच्ने गर्थे, हामीले उनीबाट संस्कृतिबारे ज्ञान सीप सिकेनौँ र अर्कोतर्फ संरक्षणमा कसैको ध्यान नपुग्दा समुदायबाट पुरानो संस्कृति हराउन पुगेको छ’ उनले भने ।

कुमाल समुदायको संस्कृति समुदायबाटै लोप हुनु भनेको समुदायको पहिचान मेटिनु हो । समुदायको लोक संस्कृति बचाउनका लागि नगरपालिका र वडा कार्यालय सदैव प्रतिबद्ध रहने नगरका प्रवक्ता तथा वडाध्यक्ष हुमनाथ न्यौपाने बताउँछन् ।

पाल्पा जिल्लाका रामपुर, घोरबन्दा, पोखराथोक, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा कुमाल समुदायको बाक्लो बस्ती छ । यहाँ करीब ६ हजारको हाराहारीमा कुमाल समुदाय बसोबास गर्दछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...