डीपीएल २ को आयव्यय सार्वजनिक

Dpl 2

कैलाली । सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल २ को आयव्यय सार्वजनिक गरिएको छ ।

चैत्र १७ गतेदेखि ३१ गतेसम्म संघीय प्रहरी ईकाई सेतीको खेल मैदानमा रुस्लान धनगढी प्रिमियर लिग डीपीएल २ भएको थियो । धनगढी क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगितामा नगद र अन्य सहयोग गरी तीन करोड १२ लाख ७६ हजार ८ सय २७ रुपैया आम्दानी भएको छ भने सोही बराबरको रकम खर्च भएको आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक, सहप्रायोजक, अन्य प्रायोजक, टिकट, प्रवेश शुल्क तथा अन्य सहयोग बाट सो रकम आम्दानी भएको हो भने नगद पुरस्कार, खाना, बस्न, अतिथी सत्कार, पुरस्कार लगायतमा उल्लेखित रकम खर्च भएको आयोजकले जानकारी दिएका छन् ।

धनगढी क्रिकेट एकेडेमीले गत वर्षबाट आयोजना गर्न थालेको रुस्लान धनगढी प्रिमियर लिगमा यस बर्षको खेलमा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी गरी ६ टोलीले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको विजेतालाई २५ लाख तथा उप–विजेतालाई १० लाख रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो । तृतीय हुनेलाई ३ लाख र चौथोलाई २ लाख रुपैयाँ प्रदान गरिएको थियो । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...