हैदरावादसँगको पराजयपछि बैंग्लोरलाई समूह चरणबाटै बाहिरिने खतरा

Ipl banglor

काठमाडौं – इण्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोर ५ रनले पराजित भएको छ। गएराती भएको खेलमा सनराइजर्स हैदरावादले बेंग्लोरलाई ५ रनले हराएको हो।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर व्याटिङ गरेको हैदरावादले १४६ रन बनाएको थियो। १४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटिन पुग्यो।

हैदरावादका लागि केन विलम्सनले सर्वाधिक ५६ रन बनाए। ३९ बलमा उनले ५ चौका र २ छक्का प्रहार गरे। सकिब अल हसनले ३५, शिखर धवनले १३ र युसुफ पठानले १२ रन जोडे।

हैदरावादलाई सस्तैमा समेट्न टिम साउदी र मुहम्मद सिराजले ३–३ विकेट लिए।

बैंग्लोरका बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङ राम्रो नचल्दा पराजित हुन पुग्यो। बेंग्लोरका कप्तान विराट कोहलीले ३९ रन बनाए भने कोलिन डि ग्राण्डहोमले ३३ रन बनाए। मन्दिप सिंहले २१ र पार्थिव पटेलले २० को योग्दान गरेपनि त्यो जितका लागि काफि हुन सकेन।

हैदराबादका सकिव अल हसनले २ विकेट लिए भने सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कैलले १–१ विकेट लिए ।

यो हारसँगै बेंग्लोर आईपिएलको जारी संस्करणको समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। १० खेलबाट ६ अंक जोडेको बेग्लोर तालिकाको छैटौं स्थानमा छ।

आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र किङ्स इलेभेन पञ्जाब भिड्दैछन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...